9851240117

hurpes@gmail.com

Home

About us

Others

press releases/ ललिता दास तत्मालाई समाजसेवा पुरस्कार

ललिता दास तत्मालाई समाजसेवा पुरस्कार

2026-03-15 07:37:21

By HURPES

प्रेस विज्ञप्ति
ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
मानव अधिकार तथा शान्ति समाजले हरेक वर्ष सामाजिक न्यायका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तिलाई प्रदान गर्दै आएको रु. १ लाख १० हजार राशीको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८२ सालमा ललिता दास तत्मा ‘विद्रोही’ लाई प्रदान गर्ने निर्णय गरेको छ । मधेशको दलित समुदायबाट सामाजिक न्यायको आन्दोलनमा सशक्त भूमिका निर्वाह गर्नुका साथै दलित, महिला र सिमान्तकृत समुदायको अधिकारका लागि योगदान हेतु ललिता दासलाई पुरस्कृत गर्ने निर्णय २०८२ फागुन ३० गते सम्पन्न मानव अधिकार तथा शान्ति समाजको पुरस्कार छनौट समितिको बैठकले गरेको हो । 
२०४२ साउन १४ गते सिरहा जिल्लाको सन्हैठा गाँउमा जन्मनुभएकी हाल लहान निवासी ललिता दास मधेश प्रदेशको प्रदेश सभा सदस्य तथा प्रदेश सभामा महिला बालबालिका तथा सामाजिक न्याय समितिको सदस्य हुनुका साथै जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य हुनुहुन्छ ।
जातीय तथा सामाजिक विभेद र उठिवासका घटना विरुद्ध सडक देखि सदनसम्म आवाज उठाउँदै विद्रोहीको पहिचान बनाउनुभएकी ललिता दास मधेशमा भएका विभिन्न आन्दोलनका क्रममा पटक पटक पक्राउ पर्नुका साथै सामाजिक आन्दोलनमा समेत सक्रिय हुनुहुन्छ । आमाको निधन हुँदा छोरीले शव बोक्न नहुने लगायतका मान्यता भत्काउँदै २०८० सालमा आफ्नो आमाको निधन हुँदा माइति गाँउबाट कमला नदीसम्म शव बोकेर जानुका साथै १३ दिनसम्म कपाल खौरिएर काज क्रियामा बस्नुभएको थियो । 
विगतमा रेडियो पत्रकारको रुपमा समेत क्रियाशील ललिता दासका दर्जनौ लेख रचना प्रकाशित छन् । 
समाजका तर्फबाट
रेनुका पौडेल 
सभापति, मानव अधिकार तथा शान्ति समाज, केन्द्रीय कार्यसमिति 
१ चैत्र २०८२ 

Hurpes.

Human Rights And Peace Society,since 1996.

Bagmati Nagar, Guheswori, Kathmandu, Nepal

9851240117

hurpes@gmail.com

Useful links